• असोज २५, २०७६
  • जुनकिरी खबर

कोशीटप्पुमा अर्नाको बिऊ जोगाउनै मुस्किल !

alt

उदयपुर, सुनसरी र सप्तरीको सीमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको बिऊ मासिन थालेको छ । घरपालुवा भैसी–राँगालाई जथाभावी प्रवेश दिँदा आरक्षमा रहेका अर्नाको बिउ मासिने खतरा बढेको हो । यो वन्यजन्तु आरक्षमा करिब १४ हजार गाई छाडा छोडिएको छ । ती गाईहरु जंगलीजस्तै बनिसकेका छन् र मानिसलाई देखे भने अर्नाले जस्तै हान्न आउँछन् ।

उदयपुर, सप्तरी र सुनसरी तीन जिल्लामा फैलिएको आरक्षको प्रमुख विशेषता भनेको चराचुङ्गी र अर्ना नै हो । तर, अर्नासँग भैंसीलाई ‘क्रस’ गराउँदा राम्रा पाडापाडी जन्मने भन्दै आरक्षमा घरपालुवा भंैसी छाड्ने गरिएको छ । भारतबाट समेत भैंसीहरु ल्याएर अर्नासित मिसाउने गरिएको पाइएको छ ।

गाउँगाउँका रागाभैंसी छोड्दा आरक्षका पोथी अर्नामा घरपालुवा राँगा लाग्ने गरेको छ । त्यसरी क्रस भएर जन्मने बच्चा पूर्णरुपमा अर्ना हुँदैनन् । अहिले आरक्षमा ४४१ वटा माउ अर्ना छन् ।

२०६१ सालमा आरक्षभित्र गोलीकाण्ड मच्चिएको थियो । आरक्षभित्र जथाभावी घरपालुवा चौपाया प्रवेश गराएको भन्दै तत्कालीन शाही नेपाली सेनाले गोली चलाएको थियो । त्योबेला उदयपुरको तपेश्वरी गाविस, सप्तरीको फत्तेपुर गाविस र सुनसरीको चिलिया टप्पु क्षेत्रका ३०० भन्दा रागाभैंसी मारिएका थिए ।

धेरै क्षति उदयपुरको बेलका नगरपालिकाका किसानले व्यहोरेका थिए । बेलकाको पनि भागलपुर क्षेत्रका सय भन्दाबढी रागाभैंसी मारिएका थिए । शाही शासनकालमा सेनाले त्यतीका राँगाभैंसी मारिदिएपछि आर्थिक रुपमा स्थानीयको ढाड भाँच्चिएको थियो । त्यस घटनापछि आरक्ष नजिकैको टप्पु क्षेत्रमा मात्र आफ्ना चौपाया चराउने गरेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]