• असोज २६, २०७६
  • जुनकिरी खबर

नेपाली चेलीको जोगवनीमा हत्या

alt

तिलक स्वरूप २ लाख रुपैयाँ नदिएको विषयलाई लिएर विराटनगर महानगरपालिका – ११ पिचरास्थित माइती घर भएकी २२ वर्षीय रन्जना सहनी (बहरदार) को हत्या भएको छ । शुक्रबार राती भारत अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा उनको हत्या भएको हो । हत्या भएको दुई दिनपछि आइतबार विहान सिमावर्ती बजार जोगवनीदेखि करिब ३ किलोमिटर दक्षिण भवानीपुरस्थित ‘परमान’ खोलामा रन्जनाको शव फेला परेको जोगवनी प्रहरी चौकीका इन्र्चाज अफताब अहमदले जानकारी दिए ।

मृतकको अनुहार र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । प्रहरीले हत्या आरोपमा रन्जनाका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनीसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमिकी शिवानन्द मुखिया रहेका छन् । कुटपिट पछि हत्या भएको प्राराम्भिक चरणको अनुसन्धानबाट देखिएकोले विस्तृत रूपमा अनुसन्धान भइरहेको जोवनी प्रहरीले जनाएको छ ।

रन्जनाको हत्या उनकै श्रीमान्सहितको परिवारका सदस्यहरूले तिलक स्वरुप पसल गर्ने बहनामा २ लाख रुपैयाँ नदिदा हत्या गरेको माइती पक्षको भनाई छ । रन्जनलाई बारम्बार दाईजोको निउमा श्रीमान भीमको परिवारले यताना दिने गरेको हजुरबुवा उमालाल सहनीले बताए । रन्जनाको ८ महिना अगाडी गत फागुन २३ गते जोगवनी भेडयारीका भीम बहरदार सहनीसँग मागि विवाह भएको थियो । रन्जनालाई कुटपिट गरि हत्या गरेपछि घरदेखि करिब १ किलोमिटर नजिक रहेको परमान खोलामा लगेर फालिदिएका बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]