• असोज २८, २०७६
  • जुनकिरी खबर

चुरे विनाशले खेतीयोग्य जमिन घट्दो

alt

संरक्षणका नाममा उदयपुरमा जथाभाबी रूख कटान र चोरीनिकासी बढ्दा चुरे विनाश झन् तीव्र भएको छ । यसको असर खेतीयोग्य जमिनमा पनि परेको छ ।

त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा खेतीयोग्य जमिन बालुवाले पुरिँदै छ । वन विनाशले भूमिगत जलाधारमा असर पर्न गई भूक्षय हुँदा नदीको सतह बढेको छ । त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा खेतीयोग्य जमिन मासिएको छ । सिंचाइ र खानेपानीका स्रोतमा समेत असर पर्दै गएको छ ।


नदी, खोला, खहरेमा बाढीसँगै बालुवा बगेर आउने गरेको छ । पछिल्लो समय चुरेबाट बग्ने झन्डै १९ खोलाखहरेले बाटो फेरेका छन् । कान्छो पहाडका रूपमा रहेको चुरे क्षेत्रबाट ढुंगा, गिटी र बालुवाको दोहन बढ्दै गएपछि वातावरणीय असरसमेत पर्दै गएको छ । कृषि उत्पादनमा संकट आउन थालेको किसानले गुनासो गरेका छन् ।

‘स्थिर हुन नसकेको चुरे पहाडको सतह क्षय भएकाले माटोको ऊर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएको छ,’ चौदण्डीगढी नगरपालिका ५ सिवाईका राधेश्याम प्रसार्इंले भने, ‘वर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुक्खा समयमा खडेरी हुने गरेको छ ।’ खोलाखहरेमा पानीको सतह तलमाथि हुँदा भावर क्षेत्रका सर्वसाधारणमा खानेपानी संकट निम्तिएको उनले बताए ।

१० वर्षयता कात्तिकदेखि नै भूमिगत पानीको स्रोत सुक्ने गरेको छ । यसले तरकारी, गहुँखेतीमा असर पर्नुका साथै पिउने पानीको समस्या निम्तिएको स्थानीयले बताए । ‘चुरे वन विनाशले जंगली जनावर, पशुपन्छीलाई समेत समस्या परेको छ,’ त्रियुगा नदीको सम्भाव्यता अध्ययन गरिरहेका नहकुलकाजी खत्रीले भने, ‘जैविक विविधताको असरले चुरेमा आश्रित जनावरदेखि मानव बस्तीमा समेत असर परेको छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]