• असोज २८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा यात्रुसँग मनपरी भाडा असुली

alt

बढी भाडा लिने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । दशैं मनाउन घर आएका र फर्किने यात्रुसँग मनलाग्दी भाडा असुल गरी ठगी गर्ने गरेको पाइएको हो ।

राजमिस्त्री काम गर्ने विराटनगर–४ कञ्चनबारीका बाबुराम सरदार दशैं मनाएर काठमाडौं फर्किदा टिकट काउन्टरबाट ठगिए । डिलक्स गाडी भनेर १ हजार ३ सय रूपैयाँ तिरेका उनलाई लोकल बस ना.३ ख ६९७८ नम्बरको गाडीमा हालेर पठाइयो । तर, ट्राफिक प्रहरीको नियमित चेकजाँचको क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित निमुवामा बढी भाडा असुली गर्ने सवारी कारबाहीमा पर्यो ।

विराटनगरदेखि काठमाडांै गएको डिलक्स बसको भाडा १२ सय ४८ रुपैयाँ र साधारण सेवातर्फ बसको भाडा ९ सय ८५ रुपैयाँ छ । तोकिएको भन्दा बढी असुली गर्ने बसलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट निमुवाले आइतबार नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मोरङ प्रहरी पठाएको असइ तुलामणि आचार्यले जानकारी दिए ।

त्यस्तै विराटनगरबाट दशैं मान्न भोजपुर घर हिँडेकी सुस्मिता दाहालले पनि ७ सय भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ तिरेर यात्रा गर्न बाध्य भइन् । ‘गाडीवालाले भनेजति पैसा नदिए सिधै लाँदिन भन्ने गर्दछ’ उनले भनिन्, ‘आफूलाई दशैं मनाउन घर जानुपर्ने थियो । उनीहरूले भनेजति पैसा तिरेर जानुप¥यो ।’ यी प्रतिनिधि मूलक घटना हुन् ।

ट्राफिक प्रहरीले दशैंको बेलामा बढी भाडा असुली गर्ने २६ वटा गाडीलाई कारबाही गरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता इन्स्पेक्टर राजेश राईले जानकारी दिए । उनका अनुसार दशैंको घटस्थापना असोज १२ देखि आइतबारसम्म चाडको मुखमा घर जाने र फर्किने यात्रुलाई बढी भाडा असुली गर्ने सवारी साधनलाई कारबाही गरेको बताए । यात्रुहरूबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनीलाई यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिएको प्रहरीको भनाइ छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा यात्रुबाट बढी भाडा असुली गर्ने सवारी साधन सबैभन्दा बढी उदयपुरमा कारबाहीमा परेको छ । उदयपुरमा १० वटा सवारी साधन कारबाही गरी १८ हजार रूपैयाँ राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । यस्तै ओखलढुङ्गामा ४, सोलुखुम्बुमा ३, धनकुटा र सङ्खुवासभामा १–१ वटा सवारी साधन यात्रुहरूबाट बढी भाडा असुलीमा कारबाहीमा परेका हुन् । कारबाहीमा परेको सवारी साधनबाट ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सबैभन्दा बढी कारबाहीमा पर्नेमा टाटा सुमो र बसहरू छन् ।

अहिले पनि विराटनगर क्षेत्रमा केही कम्पनीहरूले साधारण बस सेवाको स्वीकृति लिएर स्तरीय सेवा दिने ‘डिलक्स’ भनेर सञ्चालन गर्दै आएका छन् । उनीहरूले डिलक्स नाम लेखेर यात्रुसँग बढी भाडा असुली गरे पनि नियमनकारी निकायले चासो देखाएको छैन । कानूनविपरीत डिलक्सको स्वीकृति लिएर सिट सङ्ख्या थप्न र साधारण बस सेवाको स्वीकृति लिएर डिलक्स लेख्न पाइँदैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]