• असोज २९, २०७६
  • जुनकिरी खबर

दसैंमा सवारी दुर्घटना : १५ दिनमा १११ को मृत्यु

alt

यसपालिको दसैं अवधिभर सवारी दुर्घटनामा परी मुलुकमा १ सय ११ जनाले ज्यान गुमाएका छन् । यो असोज १२ घटस्थापनादेखि २६ गते पूर्णिमासम्मको तथ्यांक हो । 

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले चालकको लापरबाही, क्षमताभन्दा बढी भार र सडक दुरवस्थालाई दुर्घटनाको मुख्य कारण औंल्याए । यात्रुको चाप धान्ने गरी सवारी नहुनुले पनि दुर्घटनालाई बढावा दिएको उनले बताए । घुम्ती सडक, सिकारु चालक, मादक पदार्थ सेवन, तीव्र गति, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण देखिएका छन् ।

 

गत शुक्रबार मात्रै क्षमताभन्दा बढी यात्रु बोकेको बस दुर्घटना हुँदा सिन्धुपाल्चोकको, सुनकोसी गाउँपालिकामा ११ जनाको मृत्यु भयो । सय जना घाइते भए । त्यसको भोलिपल्ट शनिबार मुलुकभर ७ जनाले दुर्घटनामै ज्यान गुमाए । ६ वर्षयताको तथ्यांकअनुसार घटस्थापनादेखि पूर्णिमासम्म सवारी दुर्घटनामा ज्यान गुमाउनेको अनुपात १ सयभन्दा बढी देखिन्छ ।


गत वर्षको दसैं अवधिमा १ सय २९ जनाले ज्यान गुमाएका थिए । गत वर्षको तुलनामा ज्यान गुमाउनेको संख्या केही घटे पनि दुर्घटनाको कारण हरेक वर्ष एउटै किसिमको रहेको प्रहरी प्रवक्ता पोखरेलले बताए ।


प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका अनुसार २०७४ को दसैंमा १ सय ४, २०७३ मा १ सय १, २०७२ मा ९२ र २०७१ को दसैंमा १ सय ४२ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकअनुसार पछिल्लो ६ वर्षको दसैंमा मात्रै २ हजार ७ सय ३६ सवारी दुर्घटना भएकोमा मृत्यु हुनेको संख्या ६ सय ६९ पुगेको छ । सबैभन्दा बढी दुर्घटना उपत्यकामा भए पनि घाइते र मृत्यु हुने यात्रु लामो दूरीका रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]