• असोज २९, २०७६
  • जुनकिरी खबर

संखुवासभामा पाँच किलो सुन र नगदसहित एकजना पक्राउ

alt

संखुवासभाको भोटखोला गाउँपालिका–२ लिङगममा ५ किलो सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी–१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाको चेपुवा प्रहरी चौकी टोलीले चेक जाँच गर्ने क्रममा भोटेको झोलाबाट ५ किलो सुन, ३८ हजार ८० रुपैंया नगद र चिनियाँ मुद्रासमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

उनले यति ठूलो परिमाणको सुन संखुवासभामा पक्राउ गरिएको यो पहिलो घटना भएको बताए ।

खाँदवारीबाट गाडी र पैदल गरि २ दिन टाढा रहेकाले भोटेलाई सोमबार पक्राउ गरिएपनि सदरमुकामसम्म ल्याउन समय लागेको र थप अनुसन्धान भइरहेकोे बताइएको छ । सुन छिमेकी देश चीनको तिब्बतबाट ल्याएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]