• असार ६, २०७६
  • जुनकिरी खबर

एसपी र डीएसपीविरुद्ध जाहेरी

alt

कञ्चनपुर — निर्मला पन्त प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । विशालका बुवा वीरबहादुरले बिहीबार जिल्ला प्रहरीका तत्कालीन एसपी कुवेर कडायत र डीएसपी कृष्ण ओझासहित २ जना प्रहरी जवानविरुद्ध जाहेरी दिएका हुन् । 

१६ दिन हिरासतमा रहेका विशाललाई प्रहरीले अपराध कबुल गर्न धेरै यातना दिएको वीरबहादुरको आरोप छ । उनलाई मंसिर १९ गते पक्राउ गरी २० गते काठमाडौं पठाइएको थियो । पक्राउ परेकै दिन प्रहरीले आँखामा कालोपट्टी बाँधेर यातना दिएको विशालले बताए । ‘मेरो आँखामा कालोपट्टी बाँधेर धेरै कुटे, तेरो साथीले घटना हामीले नै गरेका हौं भनेर कबुल गरिसकेको छ, तँ पनि भन्, कसरी मार्‍यौ निर्मलालाई भने,’ विशालले भने, ‘त्यसपछि काठमाडौं लगेर पनि धेरै यातना दिइयो ।’

प्रहरीले गाँजा भरेको चुरोटसमेत खान दिएर अपराध कबुल गर्न दबाब दिएको उनले बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा प्रदीप रावललाई पक्राउ गरेपछि उनकै बयानका आधारमा भीमदत्त–१८ भगतपुरका विशाल र अर्का आरोपित दिनेश चौधरीलाई नियन्त्रणमा लिइएको थियो । दिनेशलाई काठमाडौं पठाइएको दोस्रो दिनै छाडे पनि विशाललाई पुस ६ गते मात्र वीरबहादुरको जिम्मा लगाइएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]