• असोज ३०, २०७६
  • जुनकिरी खबर

कनकाई क्याम्पसका प्राध्ध्यापकहरूले ७ महिनादेखि तलब पाएनन्

alt

कनकाई बहुमुखी क्याम्पसका प्राध्ध्यापकहरूले ७ महिनादेखि तलब पाएका छैनन् । नियमित तलब नपाउँदा चाडपर्वसमेत खल्लो भएको उनीहरूको दुखेसो छ ।

कनकाई नगरपालिका ३ र ४ सुरुंगास्थित क्याम्पसमा कार्यरत प्राध्यापकहरूले गत चैतदेखिको नियमित तलबभत्ता नपाएका हुन् । दसैंमा समेत तलब नपाएपछि उनीहरू आन्दोलित बनेका छन् । उनीहरूले क्याम्पस सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाउने तथा अल्टिमेटम दिने कार्यसमेत गरेका छन् । ‘काम गरेको पैसा दसैंमा पनि नपाउनुजस्तो दु:खद के हुन सक्छ ? ’ प्राध्यापक तीर्थराज खरेलले भने, ‘तलबभत्ताबारे लिखित रूपमै क्याम्पस प्रमुखमार्फत सञ्चालक समितिको ध्यानाकर्षण गराएका छौं तर पनि तलबभत्ता पाउन सकिएको छैन ।’

क्याम्पस प्रशासनले भने तलब वितरण गर्नुको सट्टा अध्यापकलाई नै सेवाबाट बर्खास्त गरेको छ । क्याम्पसका अंग्रेजी विभाग प्रमुख उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई असोज १६ गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको छ । तिम्सिना क्याम्पसको प्राध्यापक संघका अध्यक्षसमेत हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]