• असोज ३०, २०७६
  • जुनकिरी खबर

प्रहरी कार्यालयभित्र रक्सीका बोतल, तस्वीर खिच्ने पत्रकार नियन्त्रणमा

alt

जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रक्सीका बोतलहरु छरपस्ट रहेको पाइएको छ । शौचालयनजिक विभिन्न ‘ब्रान्ड’का रक्सीका खाली बोतलहरु फालिएको अवस्थामा भेटिएको हो ।

बिहीबार रक्सीका बोतलहरु देखेपछि तस्वीर खिच्नेक्रममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियो ।

प्रहरीले करिब ४५ मिनेट प्रहरी कार्यालयभित्र राखेर छाडेको पत्रकार शर्माले बताए ।

शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्वीरसमेत प्रहरीले जबर्जस्ती ‘डिलिट’ गरेको छ । प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको शर्माले बताए ।

सोही विषयमा पत्रकार सूर्य बराललाईसमेत प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको थियो ।

योबारेमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]