• असोज ३०, २०७६
  • जुनकिरी खबर

सुनसरीलाई दुख दिने कोशी टप्पुका पाँच हात्ती उदयपुर सारिए

alt

कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदयपुरको भागलपुरमा सारिएको छ । आरक्ष र मध्यवर्ती क्षेत्र आसपासका गाउमा श्रृखलाबद्ध जंगली हात्तीले अत्यधिक अन्नबाली र मानवीय क्षती पुु¥याउन थालेपछि आरक्षको हात्तिसार भागलपुरमा सारिएको हो । आरक्षले पाँचवटा पोथी हात्ती सारेको हो । कोशी टप्पु वन्य जन्तु आरक्षको जंगलमा संरक्षित पोथी हात्तीसँंग शारिरिक सम्पर्क गर्ने बेलामा जंगली भाले हात्ति पागल भएपछि बर्षेनी व्यापक जनधनको क्षति हुदै आएको थियो ।

हात्तिको आक्रमणबाट व्यापक क्षति भएपछि कोशी गाउँपालिकाका स्थानीय बासिन्दाले आन्दोलन गरेपछि गत सोमबार जिल्ला प्रसासन कार्यालयमा सरोकारवालाहरुसँग बसेको भेलाले हात्तिसार सार्ने निर्णय गरे अनुसार बुधबार हात्तिसार सारिएको हो ।

आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले आरक्षमा रहेका पाँच पोथी हात्ती भागलपुर सारिएको बताए । उनले भने, ‘आरक्षको पोथी हात्तीसंग शारिरिक सम्पर्क गर्ने बेलामा भाले हात्ती बहुलाएर गाउ पस्ने र वितण्डा मचाउने गरेको छ भन्ने स्थानी बासिन्दाको बुझाई छ । जे भएपनि कोशी नदी पारी उदयपुरको भागलपुरमा सारिएपनि आरक्षमा जंगली हात्ती त खान र बस्न आउछन् नै । यसकालागि स्थानीय बासिन्दा र वन्यजन्तुसंग हुने द्वन्द्व कम गर्न र मानवीय क्षति घटाउन उचि व्यबस्थापनको उपाय अपनाउनै पर्ने भएको छ ।’

आन्दोलित स्थानीय बासिन्दाले आरक्षका पोथी हात्ती वर्दिया वा चितवन राष्ट्रिय निकुन्जमा सार्न माग गरेका थिए । तर वर्दिया वा चितवन सार्न अव्यवहारिक देखिएकाले भागलपुरस्थित आरक्षकै पोष्टमा सारिएको आरक्ष संरक्षक अधिकृत रामदेव चौधरीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]