• असार ६, २०७६
  • जुनकिरी खबर

इटहरीका मेयरको शब्द चयनप्रति आपत्ति

alt

इटहरी : इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरे। विषय थियो, त्यहाँ रहेका होटलमा हुनै यौन क्रियाकलाप न्युनिकरण।

कार्यक्रममा बोल्ने वक्ताले कसैले प्रहरीको भूमिका प्रभावकारी नभएको बताए त कसैले होटल सञ्चालकहरु नाफामुखी भएर वेश्यावृत्ती गराएको आरोप लगाए। प्रदेश सांसद लिलम बस्नेतले त रेड राइट एरियाको व्यवस्था गर्नुपर्नेमा जोडनै दिए।

कार्यक्रमलाई इटहरीका मेयर द्वारिकलाल चौधरीसमेत सहभागी थिए। तर सम्बोधनका क्रममा उनले बोलेको एउटा शब्दका कारण त्यहाँ रहेका महिलाले अफ्ठेरो अनुभव गरेका थिए। 

कार्यक्रममा मेयर चौधरीले ‘रण्डी’ भन्ने शब्द बारम्बार उच्चारण गरेका थिए। लबिपुर क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वेश्यावृत्ती हुने गरेको भन्दै रोक्नका लागि सबैले पहल गर्नुपर्ने आशयका भनाइ राख्दा राख्दै उनले सो शब्द उच्चारण गरेका हुन्।

सो क्षेत्रका होटलमा वेश्यावृत्ती भइरहेको र त्यसलाई रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले वडा नम्बर १६ र १७ को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पुगेका मेयर चौधरीले ‘रण्डी जिन्दावाद’ भन्ने शब्दलाई बारम्बार दोहोर्याएका थिए।

मेयर चौधरीको एउटा घर पनि सोही क्षेत्रमा पर्छ। त्यो घर कसैले भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ। सो होटल भाडामा लिने व्यक्तिले केही वर्षअघिसम्म यौन व्यवसाय सञ्चालन गर्थे। सोही विषयलाई केही पत्रकारले मेयरको घरमा यौन व्यवशाय भनेर लेखेको समाचारलाई लिएर उनले अभिव्यक्ति सुरु गरेका थिए।

मेयर चौधरीले होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले बोर्ड नै फ्याँकिदिएको बताए। ‘तपाइहरु पनि घर भाडामा दिँदा यी कुराहरु विचार गर्नुहोस्, विकृति गराउनेलाई पैसाकै लागि घर भाडामा दिनु हुँदैन,’ उनले भने।

उनले सो क्षेत्रमा वेश्यावृत्तीले नराम्रो प्रभाव पारेको बताउँदै यौन गतिविधिका कारण त्यहाँको व्यापार चल्ने गरेको बताए। ‘मनोरन्जन गर्न रण्डी चाइया छ। घरभाडा लगाउन रण्डी चाइया छ। कण्डम बेच्न रण्डी चाइया छ। चक्की (पिल्स) बेच्न रण्डी चाइया छ। रण्डी जिन्दावाद,’ उनले थपे, ‘यहाँ रण्डीको कारण कस्मेटिक पसल, घरभाडा, दबाई दोकान चल्दो रैछ।’ मेयरको उक्त अभिव्यक्तिलाई लिएर त्यहाँ उपस्थित महिलाले अप्ठेरो मानेका थिए।

यसैबीच महिला सञ्जाल इटहरी उपमहानगर समितिले चौधरीले बोलेको शब्दप्रति आपत्ति जनाएको छ। चौधरीले बोलेको शब्दले महिलाको अस्मितामा नै आँच आएको भन्दै इटहरीका ४० बढी महिलावादी संस्थाको साझा सञ्जालले आपत्ति जनाएका हुन्। 

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]