• कार्तिक १, २०७६
  • जुनकिरी खबर

एमबीबीएस अध्ययनको शूल्क बढ्यो

alt

चिकित्सा शिक्षा आयोगले एमबीबीएस (डाक्टर) अध्ययनको शूल्क बढाएको छ । अब काठमाडौं उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क कायम भएको छ ।

यसअघि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार थियो । आर्थिक वर्ष २०७५ मा मुद्रास्फिति ४.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा नयाँ शूल्क निर्धारण गरिएको आयोगले बताएको छ ।

यस्तै बीडीएस अध्ययन शूल्क २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ । यसअघि १९ लाख ३२ हजार ६१२ रुपैयाँ थियो । यो शुल्कको पहिलो एक तिहाई रकम पहिलो वर्ष र बाँकी बार्षिक रुपमा किस्ताबन्दीमा लिइनेछ ।

आयोगले एमबीबीएस अध्ययन शुल्कको एक तिहाई उपत्यकाभित्र १३ लाख ४१ हजार ८५ र बाहिर १४ लाख ७८ हजार ६७५ रुपैयाँ विश्वविद्यालयमा जम्मा गरी सबन्धिक कलेजमा पठाउने व्यवस्था मिलाउन पनि भनेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]