• कार्तिक १, २०७६
  • जुनकिरी खबर

धरानसहित रिक्त स्थानीय तहमा कार्तिक २७ गते उम्मेदवारी दर्ता हुने

alt

आगामी मंसिर १४ गते हुने तय भएको उपचुनावको लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति तोकेको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको ४ वटा रिक्त लागि कार्तिक २१ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ भने धरान उपमहानगरलगायत अन्य स्थानीय तहको रिक्त ४८ पदमा कार्तिक २७ गते उम्मेदवारी दर्ता मिति तोकेको जनाएको छ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २ र प्रदेशसभातर्फ भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख)को कार्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने मिति आयोगले तोकेको छ ।

यस्तै, साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको सुची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि साढे १ बजेसम्म मनोनयन र उजुरीबारे जाँचबुझ गर्नेलगायतको प्रक्रियाबारे आयोगले विज्ञप्तीमार्फत खुलाएको छ । अन्तिम नामावाली प्रकाशन प्रक्रिया पुरा भएपछि कार्तिक २५ गते निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

यस्तै, स्थानीय तहतर्फ धरान उपमहानगरको प्रमुख, पाँचथरको फाल्ुनन्द गाउँपालिका, संखुवासभाको मकाुल गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष, हुम्ला जिल्लाको खर्पु गाउँपालिकाको उपाध्यक्ष र अन्य ३४ जिल्लाको ४० स्थानीय तहका ४३ वडाअध्यक्षसहित कुल ४८ रिक्त पदको उपचुनावको लागि कार्तिक २७ गते उम्मेदवारी मनोनयन दर्ता मिति आयोगले तोकेको छ ।

कार्तिक २७ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने, साढे १ बजेदेखि ३ बजेसम्म सुची प्रकाशन गर्नेलगायत प्रक्रिया पुरा गरेर ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर १ गते निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ । मतदान मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]