• कार्तिक २, २०७६
  • जुनकिरी खबर

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

alt

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र औषधिमा समेत कमिशनका खेल भएको पाइएको छ । शुक्रबार औषधि विभाग विराटनगरको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । शरीरका तौल बढाउने, कमजोरी हटाउने, ब्लड बढाउने, तागत दिने लगायतका भिटामिनहरु औषधि विभागमा दर्ता नभए पनि प्रतिष्ठानका चिकित्सकहरुले भने त्यस्ता दर्ता नभएका भिटामिनहरु विरामीहरुलाई लेखेर दिने गरेको पाइएको हो ।

भारतमा उत्पादन भएका यस्ता भिटामिन अत्यन्तै महंगो हुने त्यस्तै काम गर्ने भिटामिन नेपालमा उत्पादन गरिएको भए पनि चिकित्सकले विरामीलाई नदिने गरेको अनुगमनमा आउनु भएका औषधि विभाग विराटनगरका निमित्त प्रमुख सञ्जिव कट्टेलले बताउनुभयो । यस्ता भिटामिन अत्यन्तै महंगो पर्ने भएकोले सर्वसाधारणको पहुचभन्दा बाहिर रहेको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो ।

१३ वटा औषधि पसलमा गरेको अनुगमनका क्रममा वायोफिक, सोनेविट, रेभिट प्लस, हाइलाइफ, वाइस्टे एड्भान्स लगायतका औषधि विभागमा दर्ता नभएका १ सय २० प्रकारका भिटामिन पाइएको र यी सबै औषधि चिकित्सकले विरामीलाई खानका लागि लेखिदिन गरेको पाइएको उहाको भनाइ थियो । प्रतिष्ठानभित्र यस्तो वेथिति भेटिएपछि औषधि विभागका कर्मचारीहरुले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर अग्रवालसंग छलफल गरेपछि ७ दिनभित्रमा यो समस्या समाधान गर्ने र चिकित्सकहरुलाई यस्ता भिटामिन नलेख्न निर्देशन दिने सहमति भएको औषधि विभागका निमित्त प्रमुख कट्टेलले बताउुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]