• कार्तिक २, २०७६
  • जुनकिरी खबर

असईले बोल्न नसक्ने महिलालाई करणी गरेको उजुरी

alt

कार्यालय र डिउटी समयमा रक्सी पिउने गरेपछि धरान ४, पत्रांबारीस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज तथा असई पिताम्बर अधिकारीलाई २ दिनअघि कारबाही स्वरुप इलाका प्रहरी कार्यालय तानेको थियो ।

अहिले तिनै असई अधिकारीमाथि बोल्न नसक्ने एक एकल महिलालाई करणी गरेको आरोप पनि लागेको छ । स्थानीय एक महिलाले करणी गरेको किटानीसहित ठाडो उजुरी दिएपछि असई अधिकारीमाथि बलात्कार गरेको बिषयमा पनि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ । करणीबारे उजुरी परेपछि आज बिहान वडा ४ मा गएर स्थलगत मुचुल्का पनि उठाएको छ ।

४ नं वडा कार्यालयका सदस्य धनबहादुर कुलुङका अनुसार २ दिन अघि नै इलाका तानिएका अधिकारीविरुद्ध करणी गरेको पनि निवेदन परेपछि आज मुचुल्का उठाइएको हो । ‘करणी गरेको ठाडो निवेदन परेपछि आज प्रहरी आएर मुचुल्का उठाएर गएको छ,’उनले भने । इलाका प्रहरी कार्यालयले भने घटनाबारे मौनता साँधेको छ ।

डिएसपी ढुण्डीराज न्यौपानेलाई मोवाइल सम्पर्क गर्दा घटनाबारे बुझ्न काम भइरहेको र पछि सम्पर्क गर्ने बताए । स्थानीयबासीका अनुसार असई अधिकारी मातेर लठ्ठ हुने गर्थे भने स्थानीयलाई खसी, मासु, रक्सीलगायत मागेर सताउने गर्थे । ‘एकदमै घुस्याहा खालको थियो, साह्रै दुःख दिएको थियो,’एक स्थानीयले भने ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]