• कार्तिक ३, २०७६
  • जुनकिरी खबर

पूर्वका पूर्वगोर्खा सैनिकद्धारा भोक हडतालमा उत्रने चेतावनी

alt

१९ महिनाअघि नेपाल सरकार, ब्रिटिस सरकार र गोर्खा सत्याग्रह संघर्ष समितिका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता कमिटीले बुझाएको प्रतिवेदनलाई नेपाल र बेलायत सरकारले बेवास्ता गरेको पूर्वगोर्खा सैनिकले आरोप लगाएका छन् । ब्रिटिस गोर्खाका नेपालीमाथि विभेद भइरहेको भन्दै उनीहरूले आगामी कात्तिक २१ देखि काठमाडौं र लन्डनमा एकसाथ भोक–हडताल गर्ने तयारी गरेका छन् । 

यसबारे जानकारी दिन धरान आएका गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले तीन दशकदेखिको गोर्खा आन्दोलनलाई कतैबाट सुनुवाइ नभएपछि एकसाथ भोक हड्तालमा उत्रने तयारीमा जुटेको बताए । उनले भने, ‘२२ मार्च २०१८ मा नेपाल, बेलायत र संघर्ष समिति सम्मिलित कमिटीले तयार गरेको प्रतिवेदन दुवै सरकारलाई बुझाइसके पनि हालसम्म कार्यान्वयन गर्ने संकेत देखिएन । अब बेलायत र नेपाल सरकारलाई प्रतिवेदनका विषयमा फेरि अल्टिमेटम दिनेछौं ।’

कात्तिक १८ र १९ गते काठमाडौंमा बेलायत, क्यानडा, अस्ट्रेलियासहित ५ देशका प्रधानमन्त्रीको सहभागितामा दुईदिने सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा गोर्खासम्बन्धी जानकारहरूको समूहले श्वेतपत्र जारी गर्दै भोक हड्तालको अल्टिमेटम दिने संयोजक राईले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]