• कार्तिक ३, २०७६
  • जुनकिरी खबर

धरानमा प्रादेशिक चलचित्र महोत्सव

alt

प्रदेश सरकारले धरानमा चार दिवसीय प्रादेशिक चलचित्र महोत्सव लगाउने भएको छ । कात्तिक २१ गतेदेखि धरान–८ स्थित सभागृहमा लगाउने महोत्सवमा ३ स्वीस फिल्मसहित २१ फिल्म प्रदर्शनी गरिने भएको छ । महोत्सवमा वृत्तचित्र र आर्ट मूभी प्रदर्शनी गरिने भएको मुख्यमन्त्री कार्यालयका मुख्य सचिव दिनेश अधिकारीले आइतबारको पत्रकार सम्मेलनमा बताए ।

महोत्सव व्यवस्थापनको लागि सुनसरी उद्योग वाणिज्य सङ्घ धरानमा सचिवालयसमेत सञ्चालनमा ल्याइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सचिवालयको आइतबार नै उद्घाटन गरे । महोत्सवलाई भब्य बनाउनका लागि जातीय, धार्मिक, सांस्कृतिक पहिचान झल्कने झाँकी प्रदर्शन गरिने बताइएको छ । त्यसक्रममा चलचित्र एवम् सांस्कृतिक विविधकताका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

कात्तिक २४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीलाई स्थानीय रुपमा धरान उपमहानगरपालिका, स्वीस विकास नियोगको पनि सहआयोजन रहेन जनाइएको छ । प्रदेश सरकारले भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि प्रदर्शनीलाई माध्यम बनाउने भएको छ । प्रदेश सरकारले भ्रमण वर्ष २०२० मा ५ लाख पर्यटक भिœयाउने तयारी गरेको छ । महोत्सवमा विभिन्न जातजाति, तथा संस्कार संस्कृतिसँग जोडिएका फिल्महरु पनि प्रदर्शनीमा रहने छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]