• कार्तिक ३, २०७६
  • जुनकिरी खबर

नेपाली सेनालाई चीनको करिब साढे दुई अर्ब सहयोग

alt

चीन सरकारले नेपाली सेनालाई एक सय ५० मिलियन युयान (करिब दुई अर्ब ४० करोड रुपैयाँ) सहयोग गरेको छ । नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र चीनका रक्षामन्त्री वेई फेन्ग्हेले बेइजिङमा आइतबार आयोजित एक कार्यक्रममा उक्त सहयोगको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सहयोग अन्तरर्गत चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनका सैन्य सामग्रीहरू उपलब्ध गराउने छ ।


चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा उक्त सहयोग नेपाली सेनालाई उपलब्ध गराउने प्रस्ताव गरेको रक्षा मन्त्रालयले जनाएको छ । यस सम्झौता अन्तर्गत मानवीय तथा विपद् व्यवस्थापका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्राोटेकलमा समझदारी गरे बमोजिम आगामि तीन वर्षको अवधिमा नेपाललाई सहयोग हस्तान्तरण हुने उल्लेख छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]