• कार्तिक ४, २०७६
  • जुनकिरी खबर

अरब सागरको मौसमी प्रणालीले बदली

alt

अरब सागरको पूर्वी मध्य भाग र भारतको उत्तरप्रदेशमा एकै पटक न्यूनचापीय प्रणाली विकसित भएपछि त्यसको असर नेपालभरी परेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको असर भारतका विभिन्न भागमा पनि देखा परेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले हिमाली भागका स्थानहरुमा यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । यस वर्षको मनसुन १९ दिन ढिलो गरी गत शनिबार मुलुकबाट बाहिरिएको एक सातामै मौसममा बदली आएको हो ।


महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार केही दिन यता अरब सागर र भारतको उत्तर प्रदेशमा उत्पन्न भएको मौसमी प्रणालीको असरले नेपालको मौसममा बदली भएको हो ।

अरब सागर र भारतको उत्तर प्रदेशमा विकसित भएको न्यूनचापीय प्रणालीले जलवाष्पयुक्त वायु ल्याएपछि नेपालमा तराईदेखि हिमाली भागसम्मै असर परेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]