• कार्तिक ४, २०७६
  • जुनकिरी खबर

कोशी टप्पुमा सेनाले रोप्यो साढे १३ हजार बिरुवा

alt

ली सेनाले कोशी टप्पु क्षेत्रको श्रीपुर–हरिपुरमा वृक्षरोपण गरेको छ । नेपाली सेनाको पूर्वी पृतनाको पहल एवं कोशी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ शत्रूभञ्जन गुल्मको संयोजनमा आयोजिक कार्यक्रमबीच वृक्षरोपण गरिएको हो ।

सेनाको पूर्वी पृतनाले जनाएअनुसार कार्यक्रममा फलफूल तथा अन्य प्रजातिका बिरुवा गरी करिब ७५ सय वटा र श्रीलंका टप्पु क्षेत्रमा ६ हजार गरी करिब १३ हजार ५ सय वटा बिरुवा रोपिएको छ ।

मध्यवर्ती इलाकास्थित १३ बिघामध्ये ११ विगाह क्षेत्रमा विभिन्न ७ प्रजातिका फलफूल र २ बिगाह क्षेत्रमा अन्य आयमूलक जातका बिरुवाहरु रोप्ने गरी भएको वृक्षरोपणमा आँप, कटहर, अम्बा, कागती, बेल, गुलमोहर, जातलगायतका बिरुवाहरु रोपिएको जनाइएको छ ।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, १ नं. प्रदेशका वनमन्त्री जगदीश कुसियत, पूर्वी पृतनापति उपरथी अनन्त कार्कीलगायत ५ सय जनाको उपस्थिति थियो ।

कार्यक्रमअघि आइतबारै २१ नं. बाहिनी अड्डा तोपगाडी ब्यारेकमा समेत ७ हजार ५० वटा बिरुवा रोपिएका छन् । नेपाली सेनाले चलाएको ‘गो ग्रिन’ अभियान अन्तर्गत ती बिरुवा रोपिएका हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]