• कार्तिक ५, २०७६
  • जुनकिरी खबर

देशभरको मौसममा बदली

alt

अरब सागरमा विकसित भएको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावको कारण देशभरको मौसममा बदली आएको छ ।

जल तथा मौसम विज्ञान विभागअनुसार हाल देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मंगलबार दिउँसो देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदहरुले बताएका छन् । यस्तै देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ ।

मध्ये र पूर्वी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार राति पनि देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम आंशिक बदलीका अवस्थामा रहने छ ।

राति पूर्व र मध्यका पहाडी क्षेत्रको एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । पहाडी क्षेत्रको यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]