• असार ६, २०७६
  • जुनकिरी खबर

धनकुटामा पहिलो पटक प्याराग्लाइडिङ

alt

धनकुटा — धनकुटामा पहिलो पटक प्याराग्लाइडिङ उडान बिहीबारदेखि सुरु भएको छ । बजार नजिकै रहेको चुलिबनबाट याक्चनासम्म परीक्षण उडान सफल भएको हो । कोसी एडभेन्चर प्राली इटहरी र धनकुटा नगरपालिकाको सहकार्यमा उडान थालिएको हो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिने साहसिक खेल प्याराग्लाइडिङको लागि उपयुक्त स्थान रहेकाले यसलाई व्यावसायिक रूप दिइने कोसी एडभेन्चरका निर्देशक सुरेश बस्नेतले बताए । अघिल्लो वर्ष गरिएको प्रयास असफल भएपछि पुनः परीक्षण गरिएको हो ।


प्रालीले चुलिबनबाट प्याराग्लाइडिङ र उत्रने स्थल याक्चनाबाट तमोर नदीमा र्‍याफ्टिङ समेत एकैसाथ प्याकेजको रूपमा सुरुवात गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]