• कार्तिक ७, २०७६
  • जुनकिरी खबर

एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

alt

उपचारका लागि लैजाँदै गरिएकी श्रीमतीको बाटैमा मृत्यु । श्रीमतीको शव बोकेर फर्कंदै गर्दा एम्बुलेन्स दुर्घटनामा परी श्रीमान्‌को पनि मृत्यु । सिरहाको कर्जानाहा–७ की ६० वर्षीया गंगियादेवी साह र उनका श्रीमान् ६८ वर्षीय शोभित साहले एकै दिन ज्यान गुमाएका हुन् । 

सिरहाकै फूलकुमारी महतो मेमोरियल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने क्रममा मुटुमा समस्या देखिएपछि श्रीमती गंगियादेवी र सालोका छोरा श्रीराम साहलाई लिएर सोमबार राति काठमाडौं आएका शोभितले श्रीमती त बचाउन सकेनन् नै, आफैं पनि घर फर्कन पाएनन् ।

शोभितका नाति (छोरीका छोरा) नरेन्द्रका अनुसार उपचारक्रममा मुटु र नसाको समस्या देखिएपछि चिकित्सकले शोभितलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल रिफर गरे भने बाँकीको धुलिखेलमै उपचार गरिएको छ । न्युरो अस्पताल पुर्‍याइएका शोभितको मंगलबार दिउँसो मृत्यु भएको नरेन्द्रले जानकारी दिए ।

निलुको मेरुदण्ड र हातमा समस्या छ । श्रीरामको खुट्टाको शल्यक्रिया गरिएको छ । सामान्य घाइते देवकुमार र दुई चालकलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।


एकै दिन बाबु–आमा गुमाएका देवकुमार दुवै शव लिएर काठमाडौंमा भएका आफन्तसँगै मंगलबारै सिरहा फर्किए । शोभित र गंगियादेवीको बुधबार सिरहाको कमला खोलामा अन्त्येष्टि गरिएको छ । उपचारका लागि गएका दम्पतीको मृत्युले सिमरा गाउँ शोकमा डुबेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]