• कार्तिक ७, २०७६
  • जुनकिरी खबर

अवैध उत्खनन् गर्ने ‘स्काभेटर’ कारबाही नगरी छाडियो

alt

सुनसरी र मोरङ जोड्ने केसलिया खोलाको पुल र सिङ्गो बस्ती नै जोखिम हुने गरी अवैध रूपमा खोलाको माटो (भरौट) उत्खनन्मा प्रयोग भएको स्काभेटरलाई कुनै कारबाही नगरी छोडेको पाइएको छ ।

दुहबी नगरपालिका–१२ बुगढरी बस्ती र वारि विराटनगर –४ इक्राही बस्ती र केसलिया खोलाको पुल जोखिममा पार्ने गरी अवैध उत्खनन् भइरहेको अवस्थामा स्काभेटरसहित मोरङ प्रहरीले सोमबार ७ वटा टिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

इप्रका दुहबीले नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कारबाहीको लागि स्काभेटर सहित ७ वटा टिपर दुहबी नगरपालिका पठाएको थियो । तर, दुहबी नगरपालिका प्रमुख वेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खनन्मा प्रयोग भएको स्काभेट र तीनवटा टिपरलाई कुनै कारबाही नगरी मङ्गलबार छोड्न आदेश दिएका हुन् । केसलिया खोलाको पुल जोखिम हुने गरी १० देखि १५ मिटर गहिरो खाडल बनाएर बा. १ क ४९६२ नम्बरको स्काभेटरले खनिरहेको अवस्थामा मोरङ प्रहरी र विराटनगरबाट गएका सञ्चारकर्मीहरूले फेला पारेका थिए ।

उक्त स्काभेटरले केसलिया खोलामा गहिरो खाडल पारेर उत्खनन् गरिएको माटो ७ वटा टिपर र ४ वटा ट्याक्टरले गन्तव्यसम्म पुर्याउने तयारीमा थियो । प्रहरीले नियन्त्रणमा लिएको को. १ ख ५७०९, ना. १ क ६२७१, ना. १ क ६२६७, ना. १ क ६२७०, को. १ क २३७२, ना. १ क ६२६९, ना. १ क ६२६८ र ना. १ क ६२६६ नम्बरको टिपर हो । यीमध्ये चारवटा टिपरलाई प्रतिटिपर ५ हजार रुपैयाँले जम्मा २० हजार जरिवाना गरेर छोडेको थियो भने ३ वटा टिपरमा माटो नभएको भन्दै कुनै कारबाही नगरी छोडिएको छ ।

सडक निर्माण गर्न स्काभेटर गएकोले कारबाहीको दायरामा नल्याएको दुहबी नगरपालिका प्रमुख गच्छदारले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]