• कार्तिक ७, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा फौजी किराको प्रकोप

alt

अमेरिकी फौजी किराको प्रकोपले प्रदेश १ मा कृषकले दुईहजार सातसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको मकैबाली सखाप भएको छ । किराले प्रदेशका १० हजार ६७८ परिवारले दुई हजार ७१० हेक्टरमा लगाएको मकैबाली सखाप पारेको हो ।

गत जेठ २२ गते तेह्रथुमको म्याङ्लुङ नगरपालिका र धनकुटाको पाख्रीबास नगरपालिकामा पहिलो पटक देखिएको फौजी किराको प्रकोप आठ जिल्लाका ३६ स्थानीय तहमा फैलिएको प्रदेश १ को कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

भदौ अन्तिमसातासम्म देखिएको फौजी किराले पाँचथरमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पाँचथरपछि ओखलढुंगा, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, उदयपुर र झापाका कृषक बढी प्रभावित छन् । कृषी बिकास निर्देशनालयका सूचना अधिकारी प्रकाशकुमार डाँगीका अनुसार, ओखलढुंगामा दुई हजार १८० कृषकले पाँचसय हेक्टरमा लगाएको मकै किराले नष्ट पारेको छ ।

त्यस्तै, उदयपुरमा १२९ कृषकले २२ हेक्टरमा लगाएको मकैबाली सखाप पारेको छ भने भोजपुरका ८०५ कृषकले २८९ हेक्टर र पाँचथरमा छ हजार ६३२ कृषकले एक हजार ३४५ हेक्टरमा लगाएको मकै किराले नष्ट गरेको छ । खोटाङमा ६६० कृषकले २२२ हेक्टर, धनकुटामा १८१ हेक्टर, तेह्रथुममा एकसय ४८ र झापामा ३ हेक्टर क्षेत्रमा लगाएको मकै बाली फौजी किराले सखाप बनाएको छ ।

फौजी किराको प्रकोप देखिएको स्थानका कृषकहरुलाई विषादी उपलब्ध गराएको सूचना अधिकारी डाँगीले बताए । उनका अनुसार, फौजी किराले धान, गहुँ, कोदो, उखु, गोलभेंडा, आलुलगायतका बाली पनि सखाप पार्न सक्छ ।

पहाडी क्षेत्रको मकैबालीमा देखिएको अमेरिकन फौजी किरा पछिल्लो समय नियन्त्रणमा आए पनि तराईमा लगाइने मकैबालीमा फैलन सक्ने खतरा रहेको निर्देशनालकी बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ बताउँछिन् ।

तराई क्षेत्रमा हिउँदे मकैबाली लगाउने चलन छ । श्रेष्ठ भन्छिन्, ‘पहिले प्रकोप देखिएको स्थानमा दोस्रो पटक बाली लगाउँदा फौजी किरा देखिएको छैन, तर तराईमा हुने मकै खेतीमा देखिन सक्छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]