• कार्तिक ८, २०७६
  • जुनकिरी खबर

राति १० बजेपछि देउसी/भैलो खेल्न रोक

alt

सरकारले राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् । 

स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्‍याएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देउसी/भैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ ।

 

सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयहरुले कार्यक्रम आयोजकलाई निर्देशन दिएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसी/भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए ।


‘सार्वजनिक शान्तिसुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न जिल्ला सुरक्षा समिति काठमाडौंले निर्णय गरेको छ,’ प्रजिअ दाहालले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’ प्रशासनको निर्णय अटेर गरिए कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर शान्तिसुरक्षामा खलल पुर्‍याएको आरोपमा कारबाही गरिने उनले चेतावनी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]