• कार्तिक ९, २०७६
  • जुनकिरी खबर

नेपाली बजारमा भारतीय नक्कली चुरोटको बिगबिगी

alt

नेपाल-भारत सीमासँग जोडिएका अधिकांश बजारमा नक्कली चुरोटको खुलेआम बिक्री वितरण हुने गरेको पाइएको छ । जनकपुर क्षेत्रमा नेपाली ब्राण्डका नक्कली चुरोट ‘खुकुरी’ र ‘शिखर’को बिगबिगी बढेको छ । धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण भइरहेको भेटिएको हो ।

यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश दुईका आठ वटै जिल्लामा रहेको छ । जनकपुर भन्सार कार्यालयले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँ भन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डका नक्कली चुरोट बरामद गरेको छ ।

यसरी नक्कली चुरोट बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । समान बरामद गर्नुले मात्रै नपुग्ने भन्दै कारवाही प्रक्रिया अगाडि नबढेसम्म यो समस्यामा कमी नआउने जानकारहरुले बताइरहेका छन् । सरकारले नियम बनाएपनि कार्यन्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]