• कार्तिक १०, २०७६
  • जुनकिरी खबर

सुरु भयो विराटचौक-घिनाघाटो सडकको विस्तार

alt

प्रादेशिक सडक विराटचौक-घिनाघाटो निर्माण सुरु भएको छ । पूर्वका जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोडने यो सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत भदौमा शिलान्यास गरेका थिए ।

प्रदेश सरकारको लगानीमा दुई लेनको सडकलाई चार लनेमा विस्तार गर्न लागिएको हो ।

२२.५ किलोमिटर लम्बाईको सडकलाई चार लेन बनाउने प्रदेश सरकारको १ अर्ब ४० करोड खर्चिँदैछ । ठेकेदार कम्पनी श्रेष्ठ रमण-एपेक्स जेभीका सर्बेयर सागर राईकाअनुसार पहिलो चरणमा नाला निर्माण थालिएको छ । ‘नाला निर्माणसँगै कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माण पनि भइरहेको छ’, उनले भने ।

सडकलाई ३ खण्डमा विभाजन गरिएको छ, जसमध्ये १०-१० किलोमिटरको ठेक्का सम्झौता ३१ असारमा भएको थियो । सम्झौता अनुसार आगामी २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने पूर्वाधार विकास कार्यालयका विराटनगरका प्रमुख सुशील श्रेष्ठले बताए ।

विस्तारपछि यो सडक वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुनेछ । सडकको मध्य भागबाट ३५/३५ फिट कालोपत्रे हुनेछ ।

यो सडकलाई कोशी राजमार्गको विकल्पका रुपमा समेत हेरिएको छ । विराटचोक-घिनाघाट सडक विराटनगरको पुष्पलालचोक, बैजनाथपुर र हरैचा हुँदै महेन्ऽराजमार्गमा जोडिनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]