• कार्तिक १०, २०७६
  • जुनकिरी खबर

मोरङमा सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्यो

alt

औद्योगिक जिल्ला मोरङमा सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको छ  । आव ०७५/७६ मा अन्तःशुल्कबाट ३ अर्ब ४२ करोड ६५ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ  । यो कुल उठेको ७ अर्ब १३ करोड ७८ लाख २४ हजार रुपैयाँ करको ४८ प्रतिशत भएको विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयले जनाएको छ । यो गत आवको तुलनामा १ अर्ब ३७ करोड २० लाख ५८ हजार रुपैयाँ (६६ दशमलव ८२ प्रतिशत) ले बढि हो ।

आव २०७४/७५ मा कुल संकलित ५ अर्ब २१ करोड ४२ लाख ३ हजार रुपैयाँ राजस्वमा अन्तःशुल्क २ अर्ब ५ करोड ४४ लाख ८३ हजार रुपैयाँ (३९ दशमलव ४० प्रतिशत) उठेको उक्त कार्यालयले जनाएको छ ।

‘करको दायरा विस्तारले गर्दा अन्तःशुल्कमा वृद्धि भएको हो,’ उक्त कार्यालयका प्रमुख दिलीपकुमार गौतमले भने । मदिरा, वियर चुरोट, सिमेन्ट, रड, प्लास्टिक र नुडल्सलगायतमा यो कर लाग्छ । कार्यालयले आव २०७५/७६ मा आयकरबाट २ अर्ब २९ करोड ६८ लाख ३६ हजार रुपैयाँ (३२ दशमलव १८ प्रतिशत) र १ अर्ब ३७ करोड ७ लाख १२ हजार रुपैयाँ ( १९ दशमलव २० प्रतिशत) मूल्य अभिवृद्धि कर (भ्याट) बाट संकलन गरेको छ ।

आव २०७४/७५ मा आयकरबाट १ अर्ब ७८ करोड ९२ लाख ५९ हजार रुपैयाँ (३४ दशमलव ३१ प्रतिशत) र मूल्य अभिवृद्धि करबाट १ अर्ब २१ करोड ८८ लाख ३२ हजार रुपैयाँ (२३ दशमलव ३७ प्रतिशत) उठेको छ ।

आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आयकर तथा भ्याट घटेको देखिन्छ । व्यवसायमा प्रगतिसँगै उद्योगीब्यापारी मझौला र ठूला कर दाता कार्यालयमा जाने हुनाले यो कार्यालयमा प्राविधिक रुपले भ्याट र आय कर घटेको देखिएको गौतमले बताए ।

आयकरमा व्यक्ति, संस्था, पारिश्रमिक, ब्याज कर एवं सामाजिक सुरक्षा करलगायत समावेश हुन्छ । औद्योगिक उत्पादन, ट्रेडिंग, बिक्री, वितरण र सेवाबाट मूल्य अभिवृद्ध कर (भ्याट) असुली हुन्छ । भाारतको ‘गुड्स एन्ड सर्भिसेज ट्याक्स (जीएसटी)’ र नेपालको भ्याट उस्तै भएको गौतमले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]