• कार्तिक ११, २०७६
  • जुनकिरी खबर

तिहारमा मिठाईको प्रयोग : स्वास्थ्यका लागि घातक हुनसक्छ

alt

तिहारमा मिठाईको किनबेच निकै हुन्छ । दिदी बहिनीले दाजुभाइलाई टीका लगाईदिएपछि मिठाई खान दिने चलन छ ।

तिहारमा मिठाईलाई नभई नहुने परिकारको रुपमा लिइन्छ । तिहारलाई मिठाईको पर्व पनि मानिन्छ । तिहारको समयमा मिठाईको माग चार दोव्वर बढ्ने व्यापारीहरुले बताउने गरेका छन् ।

रसवरी, लालमोहन, वर्फी, पेडा लगायतका मिठाईको बढी प्रयोग हुने गर्दछ ।

दिदी बहिनी र दाजुभाई विचको आत्मीयता साटासाट गर्ने पर्वको रुपमा परिचित तिहारमा दिदी वहिनीले दाजुभाईलाई मिठामिठा परिकार खुवाउने गर्दछन् ।

तर हामी चार्डपर्वको समयमा मनलाग्दी रुपमा खानेकुरा खान्छां तर त्यसले पछि स्वास्थ्यलाई पार्ने नकारात्मक असरमा भने जानकार नहुँदा त्यसले विभिन्न समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

डासबिजिट, मुटुरोग, मधुमेह ,उच्च रक्तचाप लगायतका दिर्घ रोगीहरु भने जथाभावी रुपमा मिठाईको प्रयोग गर्नु हुँदैन ।

मिठाईमा मैदा, चिनी, तेल र रङ्को  प्रयोग हुने हुदा स्वस्थ मानिसले पनि मिठाई धेरै खानु हुँदैन् ।

मिठाईले तौल र रगतमा कोलस्टोरको मात्रा बढाउने हुँदा स्वास्थका लागि मिठाई फाइदा जनक मानिँदैन् ।

मिठाईलाई आकर्षक बनाउन विभिन्न रङ्हरुको समेत प्रयोग गरिने हुँदा त्यसले पनि स्वस्थ्यलाई असर पुर्‍याउछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने तिहारको समयमा प्रयोग हुने मिठाईमा तोकिएको भन्दा बढी रङ् प्रयोग हुने गरेको जनाएको छ ।

काठमाडौका मुख्य व्यापारिक केन्द्रहरुमा भने विभिन्न प्रकारका मिठाई किन्नेको भिड्भाड नै रहेको छ । मिठाईको मुल्य भने एकरुपता छैन् ।

मिठाई खानुअघि सलाद, फलफुल र प्रयाप्त रुपमा पानी खाँदा गुलियोको असरलाई कम गर्दछ ।

घरमै बनाइएका मीठा मीठा परिकारमा जोड दिने हो भने स्वास्थ्यको पनि खाशै चिन्ता लिनुपर्दैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]