• कार्तिक १२, २०७६
  • जुनकिरी खबर

नेवार समुदायले आज पनि म्हः पूजा गर्दै

alt

नेवार समुदायका केही व्यक्तिले आज पनि म्हः पूजा गर्दैछन् । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो ।

तर, नेवार समुदायका कतिपय व्यक्तिले भने भाइटीकाको अघिल्लो दिन नै म्हः पूजा गर्ने आफूहरुको परम्परा रहेको भन्दै सोमबार नै म्हः पूजा गरेका छन् । कतिपयले भने पञ्चांग निर्णायक समितिले भनेअनुसार मंगलबार म्हः पूजा गर्न लागेका हुन् ।

मंगलबार म्हः पूजा गरेर बुधबार मात्रै भाइटीका लगाउने उनीहरुको तयारी छ । यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउन सक्ने छन् ।

हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्हः पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै दिन परेको छ । त्यसैले काठमाडौं उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायले आफ्नो अनुकुल म्हः पूजा र भाइटीका लगाउँदै छन् ।

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]