• असार ७, २०७६
  • जुनकिरी खबर

प्रदेश १ का बजारभरि विषादीयुक्त आँप

alt

तराईमा जेठ मध्यदेखि आँप पाक्न सुरु भइसकेको छ। तर, ती आँप बजारमा नपुग्दै भारतीय आँपले नेपाली बजार ढाकिसकेका छन्। वैशाख मध्यदेखि नै मोरङसहित तराईका बजारमा पाकेका आँप धमाधाम बिक्री भइरहेका छन्।

हेर्दा आकर्षक देखिए पनि भारतबाट आएका सबै आँप विषादी हालेर पकाइएका छन्। सबै आँपमा विषादी प्रयोग गरेको भेटिएपछि उपभोक्ता सचेत हुनुपर्ने विषादी मापन प्रयोगशालाका अधिकारी बताउँछन्। ‘पाक्ने समयअगावै विषादी हालेर पकाएका आँपले बजार ओगटेको छ, परीक्षण गर्दा विषादीको मात्रा प्रमाणित भएको छ। तत्काल केही असर नदेखिए पनि विषादीरहित जस्तो स्वस्थकर हुँदैन’, विषादी मापन प्रयोगशाला प्रदेश १ बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यले भनिन्।

‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको छ। त्यसको मात्रा बढी भए मानव स्वास्थ्यमा गम्भीर असर पर्ने आचार्य बताउँछिन्। प्राविधिक आचार्यले थपिन्, ‘वैशाखदेखि पटक–पटक परीक्षण गरेको हो, कार्बाइड मात्र पत्ता लगाउन सक्छौं, तर ठूलो परिमाणमा आउने भएकाले अन्य विषादी पनि हुन सक्छ।’ प्रदेश १ का बजारमा आएका र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु परीक्षण गर्दै आएको विषादी मापन प्रयोगशालाले विषादी प्रमाणित गरे पनि त्यसलाई रोक्न कुनै निकायबाट पहल नभएको उपभोक्ताको गुनासो छ।

‘विषादीको थोरै÷धेरै जति भए पनि मानव स्वास्थ्यका लागि हानिकार हो। जानकारी हुँदा पनि स्थानीय सरकार र भन्सारले विषादीयुक्त आँप रोक्न कुनै पहल थालेको पाइएन’, विराटनगर–१५ का श्याम थापा भन्छन्। देशभित्रै प्रशस्त आँप फले पनि भन्सारले रोक नलगाउँदा विषादीयुक्त भारतीय आँप खान बाध्य भएको अर्का स्थानीय युवराज अधिकारीले बताए।

कार्बोहाइडमा पाइने क्याल्सिनोजेन भन्ने तत्वले क्यान्सर गराउन सक्ने चिकित्सकको भनाइ छ। विराटनगरका स्वास्थ्यकर्मी अर्जुन यादवका अनुसार सिजनअघि विषादी हालेर पकाइएका आँपले क्यान्सर रोग निम्त्याउन सक्छ। नेपालमा उत्पादन भएका फलफूल, तरकारी, सुन्तला भारतीय बजारमा निर्यात गर्नुपरे क्वारेन्टाइन चेकजाँच भनेर गुणस्तरीय नभएको भन्दै रोक लगाउने गरेको छ। तर, अत्यधिक विषादी प्रयोग गरिएका आँपका लागि नेपालले भने सामान्य क्वारेन्टाइन चेकजाँचसम्म गरेको पाइँदैन।

केही दिनअघि मात्र अनुगमन टोलीले इटहरीको एउटै फलफूल पसलबाट कार्बोहाइड हालेको ४० कार्टुन आँप बरामद गरेको थियो। आँपमा कार्बोहाइड भेटिएपछि नष्ट गरेको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन्। खाद्य ऐन २०२३, नियमावली २०२७ ले क्याल्सियम कार्बाेहाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]