• कार्तिक १४, २०७६
  • जुनकिरी खबर

कांग्रेसबाट धरानको मेयरमा तिलक राईको उम्मेद्वारी

alt

नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो ।

सुनसरी जिल्ला कमिटीका तर्फबाट तिलक राईलाई मेयरको उम्मेद्वार घोषणा गरिसके पनि पार्टी केन्द्रबाट यसले औपचारिकता पाइसकेको छैन । उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुंगो कांग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ । यसका लागि आजै काठमाडौंमा केन्द्रीय पदाधिकारीहरुको बैठक बोलाइएको छ ।

आज बस्ने कांग्रेस पदाधिकारीको बैठकले कास्की-२ का लागि प्रतिनिधिसभाका उम्मेदवार तय गर्नेछ । त्यसैगरी भक्तपुर, बाग्लुङ र दाङका तीनवटै प्रदेशसभाका उम्मेदवार पनि आजै टुंगो लगाउने कांग्रेसको तयारी छ । धरान उपमहानगरपालिकाको उम्मेवारी टुंगो लगाउने जिम्मेवारी पनि पदाधिकारी बैठककै हो ।

प्रदेशभन्दा तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षहरुको उम्मेवारी प्रदेश र जिल्ला कमिटीबाटै टुंगो लगाइने कांग्रेसले जनाएको छ ।

धरानको चुनावी अंकगणित

धरानमा ०७४ सालको चुनावमा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर जितेका थिए । फोक्सोको निमोनियाका कारण ग्राण्डी अस्पतालमा सुब्बाको निधन भएपछि गत वर्षदेखि धरानमा मेयर पद खाली छ ।

तारा सुब्बासँग ०७४ को चुनावमा कांग्रेसका तर्फबाट तिलक राईले नै प्रतिस्पर्धा गरेका थिए । तिलकले १६ हजार १०२ मत प्राप्त गरेका थिए । यहाँ एमाले र कांग्रेसवीचको मतान्तर ४ हजार ८७३ थियो ।

एमालेसँग फराकिलो मतान्तरले हारेका उनै तिलक राई अहिले फेरि मेयरमा प्रतिस्पर्धा गर्दैछन् । राईलाई अर्को चुनौती के छ भने ०७४ सालमा उनले एमाले एक्लैसँग सामना गरेका थिए भने यसपालि माओवादी र एमाले मिलेको अवस्था छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]