• कार्तिक १५, २०७६
  • जुनकिरी खबर

आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता

alt

प्रमुख राजनीतिक दलहरुले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका लागि हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा विहिबार आयोगमा भएको उपनिर्वाचनको तयारी तथा आचारसंहिताका सम्बन्धमा भएको छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालनाको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् । 

सरकारले पनि निर्वाचन आचारसंहिता पालना गर्दै सरोकारवालाहरूबाट पनि त्यसको उल्लङ्घन हुन नदिने दृढता व्यक्त गरेको छ । उक्त छलफलपछि सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली काङ्ग्रेसका एनपी साउद, समाजवादी पार्टीका शिवजी यादव, राष्ट्रिय जनता पार्टीका सुरेन्द्र झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]