• कार्तिक १६, २०७६
  • जुनकिरी खबर

तेह्रथुममा खानेपानीको समस्या समाधान

alt

खानेपानीका मुहान सुक्नु र भएका स्रोतको पनि व्यवस्थापन गर्न नसक्दा ठाउँठाउँमा खानेपानीको अभाव हुने गरेको छ ।

सोहीमध्ये लामो समयदेखि खानेपानी अभावमा झेल्दै आएका तेह्रथुमको छथर शुक्रबारे बजारका स्थानीयले घरमा मिटर जडान गरेपछि यो समस्याबाट मुक्त भएका हुन् ।

तेह्रथुमको छथर शुक्रबारे बाजरका स्थानीय केही बर्षअघिसम्म खानेपानीको समस्या झेल्दै आएका थिए ।

तर केही समययता ग्रामीण खानेपानी विकास बोर्डको आर्थिक व्यवस्थापन तथा देउराली सोसाइटी तेह्रथुमको सहयोगमा मिटर जडान गरेपछि यो समस्या टरेको हो ।

करिब ४ सय घरधुरी रहेको यस बजारमा  मिटर जडान हुनुअघि हप्तामा एकदिन मात्रै पानीको पालो आउँथ्यो तर स्थानीय श्रमदान तथा बोर्डको ५२ लाख रुपैयाँको सहयोगमा सञ्चालन भएको आयोजनाबाट ४/५ हजार नागरिक लाभान्वित भएको देउराली खानेपानी उपभोक्ता समितीका उपाध्यक्ष लोकन्द्र लिम्बु बताउँछन् ।

खानेपानी जोहो गर्नका लागि स्थानीयले दिनरात नभनी पानी पधँेरीहरुमा चहार्दै आएका थिए ।

त्यतिमात्र होइन पानीको समस्याले भौतिक संरचना निर्माणका लागि पनि वर्षायाम नै कुर्नुपथ्र्यो । तर आयोजना सञ्चालनमा आएपछि निकै राहत मिलेको स्थानीय चामुना ठकुरीको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]