• असार ७, २०७६
  • जुनकिरी खबर

समाजवादी पार्टीले दियो सरकार छाड्ने चेतावनी

alt

काठमाडौं । संविधान संशोधनमा समझदारी गरेर नेकपा नेतृत्वको सरकारमा सहभागी समाजवादी पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ । तत्कालीन संघीय समाजवादी फोरम र नेकपाबीच संविधान संशोधन गर्ने लगायतका मागमा समझदारी भएको थियो ।

अहिले सत्तारुढ नेकपाले मुलुकलाई प्रतिकुल असर पर्ने गरी संविधान संशोधन हुन नसक्ने बताउँदै आएको छ । पहिचानसहितको संघीयता, पूर्णसमानुपातिक, निवार्चन प्रणाली, वर्गीय, जातिय, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य लगाएतका माग राखेर ३ बुँदे सहमती गरि गत वर्ष जेठ १४ गते तत्कालिन संघीय समाजवादी फोरम सरकारमा सामेल भएको थियो ।

सरकारमा सामेल भएपनि आफना माग पुरा नभएपछि फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपीशर्मा ओलीलाई गत पुस २२ गते स्मरण पत्र बुझाउनुभएको थियो । आफ्ना मागमा ध्यान नदिएको भन्दै समाजवादीले सरकार छाड्ने चेतावनी दिएको हो ।

सत्तारुढ दलले मुलुकलाई प्रतिकुल असर पर्ने गरी संविधान संशोधन गरेर उसका माग पुरा गर्न नसकिने बताएका छन । समाजवादीसँग अहिले संघीय संसदमा १७ जना संसद छन ।

नेकपामा अहिले १ सय ७३ संसद छन । समाजवादीका हरिनारायण रौनियार निलम्बनमा परेका कारण दुई तिहाइका लागि १ जना संसदको आवश्यकता छ ।

यदी समाजवादी पार्टी सरकारवाट बाहिरिए सरकारको दुइतिहाई बहुमत रहने छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]