• कार्तिक १७, २०७६
  • जुनकिरी खबर

सुन्दरहरैचा युवा समाजले एम्बुलेन्स खरिद गर्ने

alt

इटहरी । मोरङको सुन्दरहरैचा युथ युवा समाज सामाजिक कार्यमा सकृय हुदै आएको छ । दुर्बेसनमा फसेका युवाहरुलाई समेटेर सामाजिक कार्यमा संलग्न गराउने उद्धेश्यका साथ ३ बर्ष अघि स्थापना गरिएको समाजले अहिलेसम्म धेरै कार्यक्रम आयोजना गरिसकेको छ ।

बजार सरसफाई, रक्तदान, बृक्षारोपण, मनोरञ्जनात्मक कार्यक्रमसगै बृद्धबृद्धाहरुको सम्मान समय समयमा गदै आएको छ । समाजले अब केही महिना भित्रै एम्बुलेन्स समेत खरिद गर्ने अन्तिम प्रकृयामा पुगेको छ ।

समाजका अभियान्ता दिनेश चौधरीले एम्बुलेन्स खरिद गर्न लागेको जानकारी दिए । एम्बुलेन्सले सुन्दरहरैचा नगरपालिका भित्रका बिरामीलाई समयमै अस्पताल लैजान सहज हुने चौधरी बताउछन् ।

समाजकै अर्काे अभियान्ता रिकु रानाले सुन्दरदुलारी नगरपालिका भित्र युवाहरुमा देखिएको दुर्बेसन न्यूनिकरणको लागी पनि कार्यक्रम आयोजना गर्ने बताए । स्थानिय सरकारको सहकार्यमा कुलतमा फसेका युवाहरुलाई खेलकुद, सिपमुलक तालिम तथा अन्य कार्यमा संलग्न गराउने कार्यक्रम केही दिन भित्रै आयोजना गर्न लागेको बताए ।

समाजले एक हप्तापछि सुन्दरहरैचा नगरपालिकाका बृद्धबृद्धाहरुको सम्मान गर्ने कार्यक्रम राखेको छ ।

57882637_1085112318343682_2325457381825183744_n

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]