• कार्तिक १७, २०७६
  • जुनकिरी खबर

धरानमा कांग्रेसको चुनावी अभियान सुरु, नेकपामा उमेद्वार छनौटमै सकस

alt

आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि कांग्रेसले चुनावी अभियान सुरु गरेको छ । कांग्रेसले नगरसभापति तिलक राईलाई मेयरको उमेदवार सर्बसम्मत छनौट गरि आइतबारबाट घरदैलो अभियानमार्फत चुनावी अभियान संचालन गरेको हो। 

कांग्रेसले धरानको जिरो पोइन्टबाट घरदैलो अभियानमार्फत भोट माग्न सुरु गरेको छ। आइतबारदेखि सुरु गरिएको घरदैलो अभियान धरानका २० वटै वडामा संचालन गरिने कांग्रेस धरानका कोषाध्यक्ष सुर्बण श्रेष्ठले बताए ।

उनले घरदैलो अभियानमार्फत मतदातालाई आफ्नौ चुनावी एजेण्डा सुनाई मतदातासमक्ष उमेदवारसहित अभियान संचालन गरेको बताए। कांग्रेसका मेयरका उमेदवार तिलक राईले २०४७ सालको परिवर्तनपछि नेकपाले पटकपटक धरानको नेतृत्व सम्हालेको भएपनि दीगो विकास गर्न नसकेकाले आफू निर्वाचित भए धरानको विकासले मुहार फेर्ने बताए।

कांग्रेसले उमेदवारको टुंगो लगाई घरदैलो अभियानमार्फत मतदातासँग भोट माग्न थालेपनि सत्तारुढ दल नेकपाले भने उमेद्वारको टुंगो लगाउन सकेको छैन् । नेकपा धरानले मेयर पदको उमेद्वारका लागि जिल्ला सदस्य प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ), र सदन उच्च माविकी शिक्षिका समेत रहेकी जिल्ला सदस्य बेणु काफ्लेको नाम सिफारिस गरेको थियो ।

तर, शनिबार नेकपा प्रदेश कमिटिको बैठकले त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति विजय राईको नाम समेत सिफारिस गरेपछि नेकपामा उमेद्वार छनौटमा विवाद सुरु भएको छ । नेकपा धरानमा माधव नेपाल पक्षले अध्यक्ष ओली खेमाका विजय राईको नाम सिफारिस नगरेका कारण प्रदेश कमिटिले विजयको नाम थप गरि सिफारिस गरेको थियो ।

सिफारिसमा परेका विजय राई र प्रकाश राई मध्य कसलाई टिकट दिने भन्नेमा नेकपा सचिवालय बैठकले समेत टुंगु लगाउन नसक्दा उमेदवारको टुंगो लाग्न ढिलाई भएको बताइएको छ । समाजवादी नेपालका तर्फबाट गजेन्द्र इस्बो र संघीय लिम्बूवान पार्टीका तर्फबाट अमर इजमले धरानको मेयरको उमेदवारको टिकट पाएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]