• कार्तिक १९, २०७६
  • जुनकिरी खबर

सुनसरीको रामधुनी जाने कालोपत्रे सडक दुई सातामै भत्कीयो

alt

सुनसरीको रामधुनी नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल रामधुनी मन्दिर जाने सडकको कालोपत्रे दुई साता नपुग्दै उप्किएको छ। टेन्डर आफ्नो पक्षमा पार्ने होडबाजीमा निर्धारितभन्दा झन्डै आधा रकममा ठेक्का लिएको कम्पनीले कमसल काम गर्दा कालोपत्रे उप्किएको हो। सडकका थुप्रै स्थानमा कालोपत्रे उप्किन थालेपछि स्थानीयले ठेकेदार कम्पनीलाई गुणस्तरीय ढंगले काम गर्न दबाब दिन थालेका छन्।

रामधुनी प्रसिद्ध धार्मिक स्थल हो। त्यहाँबाट वराहक्षेत्रसँगै विजयपुर, बुढासुब्बा, पिण्डेश्वरी र चतराधामलाई एउटा विशेष सर्किट निर्माण गरेर विकासको परियोजना तयार गर्ने प्रदेश १ सरकारको योजना रहेको जनाइएको छ। वडा ३ स्थित मूलसडकबाट रामधुनी मन्दिर जाने ६ सय २३ मिटर सडक निर्माणका लागि रामधुनी नगरपालिकाले सडक बोर्ड नेपाल र नगरपालिकाको बजेटबाट २०७६ वैशाख ६ गते ठेकेदार कम्पनी जाल्पालाई काम गर्ने जिम्मेवारी दिएको थियो 

सम्झौताअनुसार सडक बोर्ड नेपालको २९ लाख १९ हजार ६ सय ३३ रुपैयाँ र नगरपालिकाको १२ लाख ५१ हजार रुपैयाँको संयुक्त बजेट रहे पनि निर्माण कम्पनीले ठेक्का पार्न सस्तोमा टेन्डर हाल्यो। जसका कारण २३ लाख ८१ हजार सात सय ११ रुपैयाँमा ठेक्का सम्झौता हुन पुग्यो। ‘तोकिएको रकमभन्दा धेरै सस्तोमा टेन्डर हालेर काम पारेकै कारण गुणस्तरीय काम नभएको हो,’ स्थानीय जितेन्द्र सुवेदीले भने।

ठेकेदार कम्पनीलाई सडक निर्माण पूरा गर्न पहिलोपटक २०७६ असार मसान्तसम्म समय तोकिएको थियो। तर सो अवधिमा पूरा हुन नसकेपछि आगामी मंसिर मसान्तसम्मका लागि समय तोकिएको छ। पछिल्लोपटक थपिएको समयअगावै सडक निर्माण पूरा भइसके पनि नगरपालिकालाई जिम्मा लगाउन भने बाँकी छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]