जिल्ला अस्पताल धनकुटामा दुई हप्तादेखि एक्स-रे सेवा अवरुद्ध भएको छ। एक्स-रे सेवा लिनु पर्ने बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिक धाउन बाध्य भएका छन्। जिल्लाको एक मात्र एक्स-रे सेवा दुई हप्तादेखि बन्द हुँदा बिरामीहरू बाहिरी जिल्ला जानु परेको हो।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. अमिताभ ठाकुरले एक्स-रे मेसिनको ट्रान्सर्फमर पड्केर करिब दुई हप्तादेखि काम नगरेको बताए। पुरानो मेसिन भएकाले पटकपटक बनाउनभन्दा केही दिनमा नयाँ मेसिन जडान गरि समस्याको दीर्घकालीन समाधान हुने उनको भनाइ छ। दैनिक २०/२५ जनाको एक्स-रे गर्नुपर्ने अस्पतालले जनाएको छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved