• कार्तिक २१, २०७६
  • जुनकिरी खबर

पाथीभरामा १६ हजार किलो तामाको द्वार निर्माण

alt

पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो । 

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको छ । निर्माण समितिका संयोजक सुरेश लिम्बूका अनुसार पाथीभराको उत्पत्ति कथा झल्कने गरी द्वार निर्माण गरिएको छ । यो पहिला सयौंको संख्यामा भेडाको गोठ राख्ने क्षेत्र हो । गोठहरू अहिले पनि राखिन्छन् ।

द्वार निर्माणमा २४ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यो रकम ढुवानी र कला भर्न बढी रकम लागेको उनले बताए । मन्दिरबाट तामाका सामग्री काठमाडौं पुर्‍याएर त्यसलाइ उजिल्याएर पाता/पाता बनाएर ल्याएर जडान गरिएको हो । पाथीभरा जाने तीर्थयात्रीका लागि तामाको द्वार फोटो खिचाउने आकर्षण बनेको छ । यसअघि मन्दिर, कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमशृंखलासँगै तस्बिर लिनेहरूले अहिले स्वागतद्धारप्रति आकर्षित भएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]