• कार्तिक २१, २०७६
  • जुनकिरी खबर

छिन्ताङ घटनाका शहीद परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ प्रदेश १ सरकारको निर्णय

alt

धनकुटाको छिन्ताङ घटनाका शहीद परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रदेश नं. १ सरकारले निर्णय गरेको छ ।

विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले छिन्ताङ घटनाका १६ जना शहीद परिवारलाई ५/५ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी दिनुभयो ।

०३६ सालको कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङ गाउँमा एक सांस्कृतिक कार्यक्रमका तत्कालीन सरकारले गोली चलाएर १६ जनाको हत्या गरेको थियो ।

यसैगरी बैठकले प्रदेश लेखा नियन्त्रकको कार्यालयको इकाई कार्यालय झापा, पाँचथर, धनकुटा, उदयपुर र ओखलढुंगामा खोल्ने निर्णय गरेको छ ।

यसैगरी धरानमा स्थापना गरिएको वन निर्देशनालयको निर्देशकमा रबीन्द्र महर्जनलाई कायममुकायम मुकरर गर्ने लगायतका निर्णय भएको मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]