• कार्तिक २१, २०७६
  • जुनकिरी खबर

झापामा प्रहरीले फेरि समात्याे १२ वटा गाई-बाछी

alt

झापा प्रहरी गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाम अभियानप्रति आक्रामक देखिएकाे छ। दुई दिन अघि दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएर भन्सार बुझाएको घटना सेलाउन नपाउँदै प्रहरीले बुधबार राती दुई वटा बोलेरो पिकअप भ्यानसहित गाई-बाछी नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएका प्रहरी टोलीले झापा गाउँपालिका ४ र २ पर्ने सीमा नाकाबाट बुधबार राति १२ वटा गाई बाछी लोड गरिएको बोलेरो पिकअप भ्यान नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले मे १ ज १७६१ र प्र। १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यानमा लोड गरिएको गाई बाछी झापा गाउँपालिकाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजानेक्रममा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। प्रहरीले पिकपअसहित गाई बाछी नियन्त्रणमा लिएको भन्दै गाई व्यापारी एउटा पिकअप भ्यानको चाबी लिएर भागेका थिए। पिकअपको चाबी लिएर भागेकोले प्रहरीले एउटा पिकअप ट्याक्याटरले तानेर भन्सारसम्म ल्याएका थिए। 

प्रहरीले गाई बाछीसहित नियन्त्रणमा लिएको पिकअप भ्यान र चालकद्वय मोरङ मिस्लाजुङ गाउँपालिका ४ बस्ने ३६ वर्षीय पदम खत्री र झापा कमल गाउँपालिका ४ बस्ने २८ वर्षीय मिलन लिम्बुलाई भद्रपुर भन्सार कार्यालय बुझाएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]