• असार १०, २०७६
  • जुनकिरी खबर

एफएओको ४१ सेसनमा राज्य मन्त्री चौधरीको संबोधन

alt

ईटाली / कृषि तथा पशुबपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले 41 st Session of the FAO Conference लाई सम्बोधन गर्नु भएको छ । नेपाल सङ्ग एफ.ए.ओ. ४२ बर्षको सहकार्य र खाद्य सुरक्षा तथा खाद्य स्वच्छता ,कृषिको व्यवसायीकरण ,बजारीकरण ,प्राकृति श्रोतको संरक्षण तथा बैज्ञानिक उपयोगको क्षेत्रमा खेलेको भुमिका सारानीय रहेको राज्य मन्त्री चौधरीले बाताईन ।

एफ.ए.ओ.ले वातावरण अनुकुल ,खाद्य स्वच्छता र बिरुवा तथा पशुपक्षी क्वारेन्टिन अभियानमा प्राबिधिक सहयोग गर्दै आइरहेकोमा यसलाई निरन्तरता दिनु पर्ने मन्त्री चौधरीले बताइन ।ग्रामीण एवं कृषि क्षेत्र बाट श्रमको पलायन तथा बिशेष गरि ग्रामीण क्षेत्रमा रहेका साना कृषकहरुको आय तथा जीवन स्तर सुधार गर्न र कल्याणकारी कार्यक्रम प्रवर्द्धन गर्न यो सम्मेलनले सम्बोधन गर्ने विश्वास राज्य मन्त्रीले व्यक्त गरीन । नेपालले खाद्य संप्रभुता र खाद्य अधिकारलाई संबिधानमै मौलिक हकको रुपमा स्थापीत गरीसकेको र यस्को कार्यन्वयनको लागि आधारभुत कानुनहरुको तर्जुमा तथा मौजुदा कानुनहरुमा समसामयीक परिमार्जन भैसकेको मन्त्री चौधरीले बताइन ।

नेपाल सरकारले कृषि क्षेत्रको दिगो बिकास र कृषि पेसालाई सम्मानजनक ,सुरक्षीत तथा आकर्षक बनाउन र किसानको आय वृद्धि तथा कृषकको कल्याणको लागि बीस बर्षे कृषि बिकास रणनीति (२०१५-२०३५)कार्यन्वयनमा ल्याएको बताइन ।

MS नेपाल सरकारको "संबृध्द नेपाल र सुखी नेपाली "को सपना साकार पार्न १५ औ आवधिक योजना आ.ब.२०७६/०७७को निति तथा कार्यक्रमले समेत कृषि तथा पशुपक्षी उत्पादनमा केही बर्ष भित्रै आत्मनिर्भर बनाउने राष्ट्रिय संक्लप लिएको मन्त्री चौधरीले बताइन् ।

सम्मेलनमा १९२ देशका कृषि मन्त्री तथा उच्च पदका कर्मचारीहरुको सहभागीता रहेको र सम्मेलनले कृषि ,ग्रामीण किसानहरुको बिकास र अन्तर सम्बन्धित मुद्दाहरुमा कृषिमा आधारित अर्थतन्त्र भएका देशहरुका लागी भावी रणनीति तयार गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलन २२ जुन देखी २९ जुन सम्म चल्ने जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]