• कार्तिक २३, २०७६
  • जुनकिरी खबर

खोटाङमा स्वास्थ्य बिमा गराउनेको संख्या २६ हजार नाघ्यो

alt

जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या २६ हजार नाघेको छ । २४ पुस ०७४ बाट सुरु भएको कार्यक्रममा गत असोज मसान्तसम्ममा १२ हजार एक सय ८६ परिवारका २६ हजार ४७ जनाले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा गराउनेमा १३ हजार दुई सय ६८ महिला र १२ हजार सात सय ७७ पुरुष रहेको स्वास्थ्य बिमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले बताए ।

संयोजक दाहालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सात हजार ६ सय २६, हलेसी तुवाचुङ नगरपालिकामा चार हजार तीन सय ४८, बराहपोखरी गाउँपालिकामा तीन हजार ९०, खोटेहाङ गाउँपालिकामा दुई हजार चार सय नौ र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई हजार ७६ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

त्यसैगरी ऐँसेलुखर्क गाउँपालिकामा एक हजार आठ ७१, केपिलासगढी गाउँपालिकामा एक हजार दुई सय ५४ जना, जन्तेढुंगा गाउँपालिकामा एक हजार दुई सय २६ जना, रावाबेँसी गाउँपालिकामा एक हजार दुई सय २२ जना र साकेला गाउँपालिकामा आठ सय ७९ जना बिमित भएको संयोजक दाहालले जानकारी दिए । कुनै पनि नागरिकले उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन भएको छ ।

पाँच जनासम्मको परिवारले वार्षिक २५ सय तिरेपछि वार्षिक ५० हजारसम्मको स्वास्थ्य उपचार बिमा सुविधा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा थप प्रतिव्यक्ति चार सय ५० रुपैयाँका दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजार बढी पाउनेछन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको जनसंख्या दुई लाख ६ हजार तीन सय १२ रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]