• कार्तिक २५, २०७६
  • जुनकिरी खबर

सुनसरीका २३ सीमा स्तम्भ गायब

alt

भारतले प्रकाशित गरेको राजनीतिक नक्साका कारण विवाद चर्किरहेका बेला सुनसरीमा २३ वटा सीमा स्तम्भ गायब भएको पाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा २ सय ९० वटा सीमा स्तम्भ हुनुपर्नेमा हाल २३ वटा हराएको पाइएको सरकारी अधिकारीले बताएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका अनुसार चारवटा मुख्य र १९ वटा सहायक स्तम्भ गायब बनेका हुन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा सुनसरीका एसपी कृष्ण ढकालका अनुसार जिल्लाको दक्षिणवर्ती क्षेत्रका सीमा स्तम्भ हराएका हुन् । ढकालले सुनसरीको कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका सीमा स्तम्भ गायब भएका हुन् ।

यद्यपि कोशी गाउँपालिका–८ भण्टाबारीमा मात्रै २३ वटाजति सीमा स्तम्भ हराएको स्थानीय दाबी गर्छन् । सशस्त्र प्रहरी बल बिओपी हरिपुरले ४९ वटा सीमा स्तम्भको रेखदेख गर्नुपर्नेमा हाल २६ वटा मात्रै फेला परेको र २३ वटा अझै गायब भएको स्थानीयले बताए ।

हराएका सीमा स्तम्भ भारतीय पक्षले अतिक्रमण गरेको नभई बाढीका कारण बगाएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । के कति सीमा स्तम्भ हराएका छन् भन्नेबारेमा खोजी कार्य भइरहेकाले यथार्थ केही दिनमा बाहिरिने प्रहरीले जनाएको छ । एसपी ढकालले हराएका सीमा स्तम्भको उपनिर्वाचनपछि खोजी गरेर मर्मत सम्भार गर्न पहल गरिने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]