• असार १०, २०७६
  • जुनकिरी खबर

यस कारण शैलेश विष्ट अध्यक्षका दाबेदार हुन सक्छन् !

alt

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा कम्मर कसेर लागिपरेका छन् । व्यवशायीको चुनाव भएपनि राजनीतिक रंगले रंगीएको चुनावलाई हेरेर इटहरीको आगामी नेतृत्व कुन पार्टीले सम्हाल्ने हो, त्यसको भविष्यवाणी गर्ने चुनावको रुपमा समेत यसलाई हेरिएको छ । हुन त उद्योगीहरुको चुनावले संसदीय दलको चुनावलाई निर्णायक अर्थ दिँदैन । तर पनि शहरी क्षेत्रका र व्यापारीहरुको रोजाइको दल र रोजाइको उम्मेदवारको परिचय भने पक्कै दिलाउँछ ।

यस पटकको चुनावमा नेकपाका युवा उम्मेदवार शैलेश विष्ट नेपाली काँग्रेस समर्थित भीम पौडेलका प्रतिष्पर्धी हुन् । 

विष्ट व्यवशायीक अनुभवमा त्यती पाका नहोलान् । तर उनको आँट र इटहरी बनाउँछु भन्ने दृढता भने परीपक्व छ । त्यसैले त इटहरीको विकासका साझा मुद्धाहरुमा उनी लागिरहेका छन् । कहिले राजधानीको बहसमा त कहिले व्यवशायिक अनुशासनमा अनि व्यवशायीका समस्याहरुमा पनि उनी अरुभन्दा चाँडो पुग्छन् र नेतृत्व लिन्छन् ।

हँसिला मिजासिला स्वभावका विष्ट उद्योग वाणिज्य संघमा तीन पटक सम्म सदस्यमा भीडेका उनले सर्वाधिक मत ल्याएर जित हात पारेका थिए । त्यसैले पनि यो पटकको चुनाव जित्न गाह्रो नहुने आँकलन एकथरीको छ ।

विष्ट इटहरीका रैथाने हुन् । उनको तीन पुस्ताले इटहरीमा बिताएको छ । तीन पुस्ताले समय बिताएको मात्रै छैन, इटहरीको लागि योगदानसमेत दिएको छ । उनका हजुरबुवादेखि बुवासम्म र उनकै पुस्ता पनि इटहरी विकासमा योगदान दिएको पुस्ता हो । त्यसैले इटहरीका पुराना वासिन्दाहरु र व्यापारीहरुको सपोर्ट पौडेललाई भन्दा विष्टलाई जाने सम्भावना छ । तर सबै इटहरीवासीले भोट भने नहाल्लान्, किनकी काँग्रेस तर्फबाट उम्मेदवार पौडेलका कारण काँग्रेस समर्थित व्यवशायीहरुको भोट पौडेललाई जानेछ । यद्यपी नेपाली काँग्रेसका व्यवशायीको भोट पनि आफूले तान्ने विष्ट दावी गर्छन् ।

विष्टको सबल पक्ष उनी पौडेलजतिको व्यस्त छैनन् । विष्टको देखिएको व्यवशाय ग्लास हाउस हो । त्यसबाहेक उनी विभिन्न सामाजिक कामहरुमा सक्रिय हुन्छन् । बारम्बार देश बाहिर घुम्न पनि गइरहन्छन् । त्यसैले उनले व्यवशायीलाई प्रशस्तै समय दिन सक्छन् । 

उता पौडेल आजका दिनसम्म पनि निकै व्यस्त छन् । छोरा विनोदले उनको केही व्यवशायीक जिम्मेवारी हेरिदिएका छन् । अरु नयाँ व्यवशाय पनि विनोदले सुरु गरेका छन् । तर पनि पौडेल आफै पनि उत्तिकै खट्छन् । प्रायः बिहान ३–४ बजेको समयमा आफ्नो ढुंगा गिटी बालुवाको कारोबारको लागि मोरंगका विभिन्न खोलामा पुगिसक्छन् ।

उनको यो सक्रियतालाई शुद्ध व्यवशायीक मान्नेले उनलाई समर्थन गर्छन् । तर यो सक्रियताले उत्पन्न गर्ने व्यस्तताका कारण पौडेलले समय दिन नभ्याउने पो हुन् कि भनेर संशय व्यक्त गर्नेहरुले विष्टलाई रोज्न सक्छन् । सामाजिक योगदानमा पौडेलले अहिलेसम्म आर्थिक योगदान बढी दिएका छन् । यता विष्टले भने पौडेलले जति आर्थिक योगदान दिएको देखिँदैन । तर समय भने प्रशस्त खर्च गरेका छन् ।

विष्टले इटहरीका धेरैजसो सरोकारका विषयमा बोलेका छन्, मोर्चा सम्हालेका छन् । जनआन्दोलनदेखि राजधानीका आन्दोलनमा इटहरीवासी सँगसँगै छन् । इटहरीमा बाढी आउँदा राहत तथा उद्धारमा विष्ट अलि बढी सक्रिय छन् । त्यसैले त्यो सक्रियताका कारण विष्ट धेरै मतदाताको रोजाईमा बन्न सक्छन् । विष्ट आफै पनि इटहरीका साना ठूला गरेर ८० प्रतिशत व्यवशायीहरुलाई आफूले चिन्ने दावी गर्छन् ।

अर्को कुरा विष्टले इटहरीको उद्योग वाणिज्य संघमा यो पटक कार्यबाहक प्रमुखको समेत जिम्मेवारी निभाए । यो उनको लागि निकै ठूलो अवसर थियो । अध्यक्ष लिलम बस्नेत सांसद भएर गएपछि उद्योग वाणिज्य संघको नेतृत्व उनैले लिए ।

नेतृत्वमा बसेपछि जस र अपजस आफैले लिनुपर्छ । तर अहिलेसम्म विष्टले त्यस्तो अपजस लाग्ने काम गरेका छैनन् । यसर्थ उनको कार्यवाहक अध्यक्षकाल सफल भएको मानिछ ।

उनले अध्यक्षता सम्हालेयता खासै काम नभएको र पुरानै कामको निरन्तरता भएको भन्दै आलोचना गर्नेहरुको संख्या पनि कम छैन । तर उनी भने आफूले इटहरीमा सोलार लाइट, सिसिटिभी जडान गरेको र उद्योग वाणिज्य संघ इटहरीको भवन निर्माण पुरा गरेको दावी गर्छन् ।

हुन पनि उनले अध्यक्षता सम्हाल्दै गर्दा संघको भवन अहिलेको स्वरुपमा आइपुगेको थिएन । अर्कोतर्फ संघका नियमित कामहरु र व्यवशायीका समस्या समाधानका नियमित चुनौतिहरु यथावत् नै थिए । यस्तोमा फरक तरिकाले काम गर्न सकेकोमा धेरैले उनको प्रसंसा गरेका छन् ।

जसले उनलाई यो चुनावमा विजयी बनाउन सक्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]