• कार्तिक २५, २०७६
  • जुनकिरी खबर

विराटनगरबाट पक्राउ परेका तीन भारतीय न्यायाधीश बर्खास्त

alt

विराटनगर बसपार्कस्थित एक होटलबाट पक्राउ परेका भारतका तीन जना न्यायाधीश बर्खास्त भएका छन् ।

६ वर्षअघि बसपार्कमा रहेको मेट्रो गेस्टहासबाट महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका उनीहरु बर्खास्त भएका हुन् ।

वि.स.२०६९ साल माघ १३ गते नेपाल प्रहरीले भारत बिहारको तल्लो अदालतका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्तालाई पक्राउ गरेको थियो ।

भारतको सर्वाेच्च अदालतले शुक्रबार सन् २०१३ को घटनाको आधारमा तीनै जनालाई बर्खास्त गर्न बिहार सरकारलाई अनुमति दिएको हो । तीन जना न्यायाधीशलाई २०६९ साल माघ १३ गते प्रहरीले पक्राउ गरेको केही समयपछि छाडेको थियो ।

पक्राउ परेलगतै छुटेपछि स्थानीय मिडियामा समाचार प्रकाशित भएको थियो । सोही समाचारका आधारमा पट्नाको उच्च न्यायालयले निलम्बन गरी छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो ।

सोही क्रममा कल ट्रेस गर्दा तीनजनाकै लोकेशन एकै स्थानमा देखिएको थियो । माघ १३ गते पक्राउ परेका न्यायाधीशहरु भोलिपल्ट मात्र भारत पुगेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]