• कार्तिक २६, २०७६
  • जुनकिरी खबर

तीनजुरे मिल्के पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

alt

गुराँस क्षेत्र तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्यटकीय पूर्वाधार नहुँदा सरकारले आगामी वर्ष मनाउने तयारी गरिरहेको नेपाल भ्रमण वर्षलाई असर पर्ने देखिएको छ । २० लाख पर्यटक भित्र्याउने योजना घोषणा गरेको सरकारले पर्यटकीय पूर्वाधार निर्माणमा भने खासै ध्यान पुगेको छैन ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको टिएमजे क्षेत्रमा सडक, सुरक्षा, स्वास्थ्य, सञ्चार, होटल लगायतका कुनै पनि पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टिएमजेलाई सरकारले हालै नयाँ पर्यटकीय गन्तव्य सूचीमा समेत समेटेको छ ।

कुम्भकर्ण, मकालु र कञ्चनजंगा हिमालको आधार शिविर जाने मुख्य पदमार्ग टिएमजे क्षेत्रमा पर्यटकका लागि नभई नहुने आधारभूत सुविधासमेत नभएको गुफा बजारकी हिमा खनालले बताइन् । गुफा बजार टिएमजे क्षेत्रको पदमार्गमा पर्छ । बर्सेनि हजारौं पर्यटक आउने यो क्षेत्रमा सामान्य पूर्वाधार समेत नहुँदा आएका पर्यटकलाई बास बसाएर खुवाउन समेत नसकिएको पर्यटक पदमार्गमा रहेको चौकी बजारमा होटल व्यवसाय सञ्चालन गरेर बसेका उदयकुमार तामाङले बताए ।
 
चौकी बजारमा एकदमै थोरै मात्र होटल रहेको र यी होटलमा १ सय जना पर्यटक पनि अटाउन नसक्ने अवस्था रहेकाले पर्यटकको संख्या बढ्दा समस्या हुने गरेको तामाङको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]