• जेठ १, २०७६
  • जुनकिरी खबर

मन्त्री मातृका यादव र कर्मचारीबीच कुटाकुट

alt

काठमाडाैँ/ उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ ।

मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको बताइएको छ ।

अधिकारीको समूहले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । कर्मचारी नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ ।

उनीहरुले काँग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुर्व्यवहार गरेकाे मन्त्रीको निजी सचिवायलयले जनाएकाे छ । कुटाकुट भने नभएकाे सचिवालयको दाबी छ ।

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाएपछि लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

यसअघि, यादव वनमन्त्री भएका बेला ललितपुरका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई ट्वाइलेटमा थुनेर चर्चामा आएका थिए ।

ललितपुरको सामुदायिक वनमा ढुङ्गा खानी सञ्चालन गर्न दिएको र त्यसलाई बन्द गर्न निर्देशन दिँदा नमानेको भन्दै मन्त्री यादवले स्थानीय विकास अधिकारी घिमिरेलाई शाैचालयमा थुनेका थिए।

मन्त्री यादव खरो स्वभावका व्यक्ति मानिन्छन् । कुनै कुरामा चित्त नबुझे तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने बानी भएकाले उनी अलि रिसाहा नेता भनेर समेत चिनिन्छन् ।

स्वाभिमानमा चोट पर्ने खालका कुरा या आफूलाई डोमिनेसन फिल हुने खालका कुरा भएमा तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने बानी भएपनि उनी मनका सफा र सोझा क्रान्तिकारी नेत भएको उनी निकटका नेताहरुले जनाउने गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]